बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

बुधबार, कार्तिक ६ २०७६

काठमाडौं, कात्तिक ६ । काठमाडौं महानगरपालिका ८ गोठाटार बस्ने माया कार्कीको घरमा तास खेलिरहेको अवस्थामा रामेछाप घर भएका ५४ वर्षीय वीर बहादुर तामाङ समेत ६ जनालाई ३ बुक तास र नगद ३९ हजार ४ सय ७५ रुपैयाँ सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । साथै उक्त स्थानबाट मदिरा बनाउने कच्चा पदार्थ ६ सय लिटर र तयारी मदिरा ५ सय लिटर समेत फेला पारी प्रहरीले बरामद गरेको छ । 
यसैगरी काठमाडौं महानगरपालिका २८ पुरानो बसपार्कमा बा.२ ख ६४३७ नम्बरको बसभित्र तास खेलिरहेका  रामेछाप दोरम्बा गाउँपालिका ६ बस्ने १९ वर्षीय हिरालाल तमार समेत ४ जनालाई नगद १३ हजार ६ सय ९० रुपैयाँ र १ बुक तास सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ४ भेटघाट चोक बस्ने ६० वर्षीया लक्ष्मी गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत १२ जनालाई ४ बुक तास र नगद १ लाख ७८ हजार ५ सय रुपैयाँ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
सुनसरीको ईनरुवा नगरपालिका १ स्थित नम्रता होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय प्रदिप कुमार साह समेत ७ जनालाई ८१ हजार ५ सय ७० रुपैयाँ र ६ हजार ६ सय ८० भारतीय रुपैयाँ, ७ थान मोबाइल र तास सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका १८ तेजनगर बस्ने कालीबहादुर पुनको घरमा जुवातास खेलिरहेका सुर्खेत बीरेन्द्रनगर नगरपालिक ३ बस्ने ४१ वर्षीय हरि थापा समेत ११ जनालाई नगद ६२ हजार रुपैयाँ र ३ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङ, कटहरी गाउँपालिका २ बस्ने २५ वर्षीय सुरेश मण्डलको घरमा जुवातास खेलिरहेका मण्डल समेत ६ जनालाई १ बुक तास र नगद ६८ हजार ९ सय ६० रुपैयाँ सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।