बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुपर सिक्स क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक

मंगलबार, कार्तिक ५ २०७६

सुपर सिक्स क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक बनेको छ । छैटौं संस्करणको कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक बन्ने बिषयमा बैंकले आयोजक संस्था एसएस इभेन्ट प्रालिसँग मंगलबार सम्झौता गरेको बैंकले जानकारी दिएको छ । 

सम्झौतामा एसएस इभेन्टका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटी र बैंकको प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेकाछन । उक्त प्रतियोगिताको नाम ‘माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स’ रहनेछ ।

पुसको दुुई गतेदेखि २३ गतेसम्म काठमाडौंको कीर्तिपुर खेल मैदानमा हुने उक्त प्रतियोगितामा २४ वटा कर्पोरेट टिमको सहभागिता रहने छ । 

प्रतियोगिताको बिजेताले ट्रफी गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन । त्यसैगरी विजेताले अर्को वर्ष सो प्रतियोगितामा निःशुल्क प्रवेश पाउने  बैंकले जनाएको छ ।