बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ

मंगलबार, कार्तिक ५ २०७६

काठमाडौं, कात्तिक ५ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट पर्सा बहुद्रामाई नगरपालिका ७ विश्रामपुर बस्ने ३८ वर्षीय शम्भु साह कलवार र सोही ठाउँ बस्ने २६ वर्षीय असलम देवानलाई  अवैध लागूऔषध गाँजा ४ केजी  सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.५५ प ६०२५ नम्बरको मोटरसाइकल ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक शम्भु र मोटरसाइकलमा सवार असलमलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

कपिलवस्तुको बाणगंगा नगरपालिका ११ मैरी बस्ने १८ वर्षीय करण थारुलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो ३ ग्राम ५ सय मिलीग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले करणको घरमा तलासी गर्दा उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको हो । 

नवलपरासीको (पूर्व), कावासोती नगरपालिका १६ तिनघरेस्थित पूर्वपश्चिषम राजमार्गबाट नियन्त्रित लागूऔषध नुर्फिन ४१ एम्पुल, फेनारागन ४१ एम्पुल र डाईजेपाम ४१ एम्पुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका(२५ बस्ने २१ वर्षीय पवन बोटे र २२ वर्षीय अंकित महत्तो रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको ना.६ ख ४२०९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको ईटहरी उपमहानगरपालिका ११ छोटीपुलबाट नियन्त्रित लागुऔषध नाईट्राभेट ८ ट्याब्लेट, इनपेन ३ क्याप्सुल र स्पास्मो ३ ट्याब्लेट सहित मोरङ बुढिगंगा गाउँपालिका ७ बस्ने २२ वर्षीय राहुल उराउ र मोरङ सुन्दरहरैचा नगरपालिका(३ बस्ने २५ वर्षीय सुमन मोक्तानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले को.३४ प ६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक राहुल र मोटरसाइकलमा सवार सुमनको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

साथै अनुसन्धानको क्रममा उक्त लागूऔषध ईटहरी उपमहानगरपालिका १० स्थित सोही ठाउँ आमझुकि बस्ने ३० वर्षीय उमेश चौधरीको बिर नारायण मेडिकलबाट खरिद गरेको भन्ने खुल्न आएको हुँदा उक्त मेडिकलमा तलासी गर्दा नियन्त्रित लागूऔषध स्पास्मो ८ सय ५८ ट्याब्लेट फेला पारी उमेशलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

रुकुमको पुथाउत्तरगंगा गाउँपालिका १२ गरखानी बस्ने २७ वर्षीया शिला सुनारलाई अवैध लागूऔषध चरेश ५ केजी सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शिलालाई सोही ठाउँस्थित क्युवाड्गमा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।