काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलित क्लस्टरतर्फको सहमहामन्त्री पदमा प्रकाश रसाइली (स्नेही) फराकिलो मतान्तरसहित निर्वाचित भएका छन्।
केन्द्रीय निर्वाचन समितिका अनुसार स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ मत प्राप्त गरे भने अर्का उम्मेदवार नरेन्द्र पासवानले ७९६ मत पाए।
स्नेहीले निकटतम प्रतिस्पर्धी नेपालीलाई ३ हजार ७०० मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।