बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस

बिहिबार, असोज २९ २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त पाँच देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

ओहोदाको प्रमाणपत्र पेस गर्नेमा युरोपेली सङ्घका आवासीय राजदूत चार्ल्स ह्वाइटली रहेका छन्। त्यसैगरी, इन्डोनेसियाका लिस्टियोवाती, घानाका कोजो बोन्सु, सुडानका डा. मोहम्मद अब्दुल्ला अली एल्तोम र ब्रुनाई दारुस्सलामका सिटी आर्निफारोजा बिन्ती हाजी मोह्द जैनीले गैरआवासीय राजदूतका रूपमा प्रमाणपत्र पेस गरेका हुन्।

समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवन शीतल निवाससम्म रिसल्लासहितको बग्गीमा सवार गराएर लगिएको थियो।