शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

क्रान्तिकारी माओवादी पार्टीले उपनिर्वाचन बहिष्कार गर्ने

सोमबार, कार्तिक ४ २०७६

नेकपा क्रान्तिकारी माओवादी पार्टीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मोहन वैद्य किरण नेतृत्वको पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चाले उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको नेता सीपी गजुरेलले बताए ।

 

यसअघि पार्टीले देशभक्त जनगणतान्त्रिक मोर्चा बनाएर स्थानिय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिए पनि मंसिर १४ गतेको उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।

निर्वाचनलाई पार्टीले रणनीति नभई कार्यनीति मान्ने बताउँदै नेता गजुरेलले कार्यनीति अन्तर्गत चुनावमा कहिले भाग लिने कहिले नलिने हुनसक्ने बताए ।

आफूहरूले अहिलेको संविधान, सरकार र व्यवस्थाको विकल्प खोजेको गजुरेलको भनाइ थियो ।