बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा बासना थापा पहिलो स्थानमा

मंगलबार, असोज २७ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य महिलातर्फको मतगणना जारी छ। मंगलबार बिहानसम्मको मतपरिणामअनुसार सांसदसमेत रहेकी बासना थापा पहिलो स्थानमा छिन्।

महिला खुलातर्फका १५ केन्द्रीय सदस्य पदका लागि भइरहेको प्रतिस्पर्धामा थापाले ३ हजार ४८४ मत प्राप्त गरेकी छन्।

हालसम्मको मतपरिणामअनुसार उर्मिला थपलिया २ हजार ६४७ मतसहित दोस्रो र निमा गिरी २ हजार ६२० मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै, कुसुमदेवी थापाले २ हजार १२९ र धनाकुमारी खतिवडाले २ हजार १२५ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारमध्ये अनिता देवकोटाले १ हजार ९३०, विनिता खड्काले १ हजार ८९२, लक्ष्मी पाण्डेले १ हजार ७७२ र सृजना अधिकारीले १ हजार ७६२ मत पाएका छन्।

त्यसैगरी, मुना भुसालले १ हजार ६३२, चिनी पोखरेल (चिनु)ले १ हजार ५६४, रिता थापा मगरले १ हजार ५१०, कान्तिका सेजुवालले १ हजार ४८१, उमा दाहालले १ हजार ४५८ र निर्मला तामाङ बस्नेत (नीरु)ले १ हजार ४२४ मत प्राप्त गरेका छन्।

महिला खुलातर्फ १५ पदका लागि मतगणना भइरहेको छ। अन्तिम परिणाम आउन बाँकी रहेकाले उम्मेदवारहरूको स्थान परिवर्तन हुन सक्नेछ।