काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ ।
सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिका अनुसार सभापतिका लागि सबैभन्दा पहिले नेता खड्गीले उम्मेदवारी दर्ता गराएका थिए ।
त्यसपछि साँझ साढे ६ बजेतिर थापाले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
थापापछि राठौर उम्मेदवारी दर्ताका लागि राष्ट्रिय सभागृह पुगेका थिए ।
राठौरले केहीबेरअघि सभापति पदमा मनोनयन दर्ता गराएका हुन् ।
उनी १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए ।