बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘घोचपेच’बाट सुरु भएको नेकपाको चियापान ‘हार्दिकता साटासाट’ मा परिणत

बिहिबार, असोज ३० २०७६

काठमाडौं असोज, ३०–  सत्तारुढ दल नेकपाले दसैंतिहार र छठको अवसर पारेर बुधबार काठमाडौंमा चियापान कार्यक्रम आयोजना गरेको छ। राजनीतिक संस्कार र दलहरूबीच एकता सुदृढ गर्ने तथा सत्ता र प्रतिपक्षबीचको सम्बन्ध सहज बनाउन प्रमुख राजनीतिक दलहरूले केही वर्षयता चाडपर्वलक्षित चियापान आयोजना गर्न थालेका छन्।

बुधबार नेकपाले राजनीतिक दलहरूबीच एकता र सहकार्यमा जोड दिन चियापन आयोजना गरेको थियो। पार्टी नेता–कार्यकर्ता तथा सर्वसाधारणका लागि दिउँसो १२ देखि ३ बजेसम्म र त्यसपछि साँझ ५ बजेसम्म अन्य राजनीतिक दलका नेता, कूटनीतिक निकायका प्रतिनिधि, उच्च्पदस्थ कर्मचारीलगायतका लागि नेकपाले चियापान आयोजना गरेको थियो।

नेकपाको चियापान पहिले ‘घोचपेच’ मा र त्यसपछि ‘हार्दिकता साटासाट’ मा परिणत भएको थियो। चियापानको सुरुमै पार्टीका शीर्ष नेताको उपस्थितिमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले स्वागत गरेका थिए।

अन्य राजनीतिक दलका नेता अनुपस्थित रहेको पहिलो चरणको चियापानमा प्रधानमन्त्री ओलीले सरकारको आलोचना गर्न खोज्ने दल तथा नेताको आलोचना गर्दै सरकारको बचाउ गरेका थिए। विगत र अहिलेको सरकारको काम गराइमा फरक नदेखिएको भनी आलोचना गर्नेप्रति असहिष्णु देखिएका प्रधानमन्त्री ओलीले ‘सामन्तवर्ग’ले मात्र सरकारको आलोचना गरेको बताए। अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।