बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आठ वटा समुहले गुमाउँदा तीन वटाले कमाए

बुधबार, असोज २९ २०७६

काठमाडौ, असोज २९ । नेप्से आज बुुधबार पुुन घटेको छ । आज नेप्से पाँच दसमलव एक अंकले घटेर ११ सय ३७ दसमलव तीन अंकमा झर्दा सेन्सिटिभ पनि एक दसमलव ६४ अंकले घटेर दुुई सय ४८ दसमलव ५८ अंकमा झरेको छ ।

आज एक सय ५९ कम्पनीहरुको दुुई हजार नौ सय ८१ वटा कारोवारमा सात लाख ३६ हजार आठ सय ८३ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम १९ करोड ६६ लाख १८ हजार नौ सय ६३ रुपैयाँ पुुगेको छ ।  

आज ११ वटा समुहको कारोवार हुंदा आट वटाले गुमाए पनि तीन वटा समुहले कमाएकाछन । गुमाउने समुह मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव ९८ अंकले घटेर एक हजार ४४ दसमलव तीन अंकमा पुुग्दा होटल समुहको सुचक १३ दसमलव २२ अंकले घटेर १७ सय ९३ दसमलव २१ अंकमा भरेको छ ।

निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, उत्पादनमुुलक र अन्य पनि गुमाउने समुहको सुचीमा परेकाछन । बिकास बैंक, जलबिद्युुत र सामुुहिक लगानी कोष कोष भने आज कमाउने समुहमा परेकाछन ।  

कमाउने कम्पनीहरुको सुचीमा भने आज ग्लोवल आईएमई समुन्नत योजना १, एनएलजी इन्स्योरेन्स लगायतका कम्पनीहरु परेकाछन भने गुुमाउने कम्पनीहरुको सुुचीमा सिद्धार्थ बैक, मेरो माईक्रो फाईनान्स आदि परेकाछन ।

कारोवार भएको रकमका आधारमा भने आज प्रभुु बैक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन ।