मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

एकैदिन सुनको मूल्य ३२ सयले घट्यो, चाँदी पनि सस्तियो

बिहिबार, असोज ८ २०८३

काठमाडौँ  । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य प्रतितोला १६५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँ मा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ६५० रुपैयाँ कायम गरिएको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ८१५ रुपैयाँ थियो।

बुधबारको तुलनामा आज सुनको मूल्य ३ हजार २०० रुपैयाँ र चाँदीको मूल्य १६५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ।