बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८औं महासभामा सहभागी हुन चिली प्रस्थान

सोमबार, असोज २७ २०७६

काठमाडौं, असोज २७ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिलीको सान्टियागोमा २०७६ असोज २८ देखि कात्तिक १ गते (१५ देखि १८ अक्टोबर, २०१९) सम्म संचालन हुने इन्टरपोलको ८८ औं महासभामा सहभागी हुन आइतबार राति त्यसतर्फ चिली प्रस्थान गरेकाछन । 

एनसीबी नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक खनालसँग उक्त महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी समेत त्यसतर्फ प्रस्थान गरेकाछन ।

प्रहरी महानिरीक्षक खनालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गरे । 


१९४ इन्टरपोल सदस्य राष्ट्रका प्रमुुख या एनसीबीहरु सहभागी हुने महासभामा इन्टरपोलको कार्यक्षमता बिस्तार, ऐन नियम, तथ्यांक अधावधिक लगायतका विषयहरूमा छलफल तथा निर्णय हुने कार्यक्रम रहेको ।

प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन ।