नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार खेलाडी सन्दीप लामिछाने आबद्ध रहेको टिम बार्बाडोस ट्रिडेन्टले क्यारेबियन क्रिकेट लिग ९सीपीएल० क्रिकेटको उपाधि जितेको छ। आज बिहान भएको फाइनलमा ग्युएना अमेजन वारिवर्सलाई २७ रनले हराउँदै बार्बाडोस च्याम्पियन बनेको हो।
बार्बाडोसले दिएको १७२ रनको लक्ष्य पछ्याएको वारिवर्सले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो।
वारिवर्सका लागि ब्राडोन किङले सर्वाधिक ४३ रन जोडे। यस्तै किमो पाउलले २५ तथा निकोलस पुरणले २४ रन बनाए। बार्बाडोसका रेमन रिफरले ४ विकेट लिए। ह्यारी गुरने र एस्ले नर्सले २(२ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो ।
बार्बाडोसका जोनाथन कार्टरले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जोनसन चार्ल्सले ३९ तथा एलेक्स हेल्सले २८ रन बनाए।
फाइनलमा सन्दीप भने उपस्थित भएनन्। सन्दीप ६ खेल खेलेर राष्ट्रिय टिममा सामेल हुन ओमान आएका थिए। सन्दीपले सीपीएलको यस सिजनका ६ खेलमा ८ विकेट हात पारे। उनले ब्याटबाट १९ रनसमेत बनाएका थिए।