बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बैंक तथा फाईनान्स कम्पनीहरुको निक्षेपमा संकुुचन

शुक्रबार, असोज २४ २०७६

काठमाडौ, असोज २४,  बैंक तथा फाईनान्स कम्पनीहरुको निक्षेपमा संकुुचन आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालुु आर्थिक बर्षको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपमा शुन्य दसमलव चार प्रतिशत संकुुचन आएको हो । 
यस्तो निक्षेपमा अघिल्लो वर्र्षको सोही अवधिमा शुन्य दसमलव चार प्रतिशतले संकुुचन आएको थियो , वार्षिक बिन्दुगत आधारमा २०७६ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७ दसमलव नौ प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । चालुु आवको साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः सात दसमलव नौ प्रतिशत, ३२ दसमलव नौ प्रतिशत र ४८ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः सात दसमलव आठ प्रतिशत, ३४ दसमलव पाँच प्रतिशत र ४६ दसमलव चार प्रतिशत रहेको थियो ।
चालुु आवको २०७६ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५ दसमलव दुुई प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुुसार २०७५ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४४ दसमलव नौ प्रतिशत रहेको थियो । चालुु आवको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा शुन्य दसमलव पाँच प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा शुन्य दसमलव सात प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १९ दसमलव दुुई प्रतिशतले बढेको छ । २०७६ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जा मध्ये ६४ दसमलव एक प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३ दसमलव छ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७५ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१ दसमलव छ प्रतिशत र १४ दसमलव छ प्रतिशत रहेको केन्द्रिय बैंकले जानकारी दिएको छ ।