मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने १ सय २१ चालक कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले बिहीबार उपत्यकाका तीन जिल्लामा ती चालकमाथि मापसे कारबाही गरेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहीबार उपत्यकामा ट्राफिक नियम पालना नगर्ने १३ सय ४४ सवारीमाथि कारबाही गरिएको छ। त्यसरी कारबाहीमा पर्नेमा सबैभन्दा बढी फुटपाथ पार्किङ १ सय ८७ रहेका छन्।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने १ सय ९१, मापसे १ सय २१, ह्विल लक १ सय १२, हर्न ३५, भाडाका कार २७, जेब्राक्रसिङमाथि सवारी रोक्ने २९ तथा अन्य ६ सय ४० रहेका छन्।
उपत्यकामा बिहीबार ५१ सवारी दुर्घटना भएकोमा ३७ जना सामान्य र एक जना गम्भीर घाइते भएको महाशाखाले जनाएको छ।