बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

महराले फिर्ता गरे सभामुख हुँदा प्रयोग गरिरहेको गाडी

शुक्रबार, असोज १७ २०७६

 

बलात्कार आरोपपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले आफूले प्रयोग गर्नेमध्ये एउटा गाडी फिर्ता गरेका छन् ।

महराले प्रयोग गर्दै आएको झण्डावला गाडी संघीय संसद सचिवालयलमा फिर्ता गरेका छन् ।

 

महरालाई संसद सचिवालयले एउटा गाडी उपलव्ध गराएको थियो भने उनको सचिवालयले अर्को एक गाडी प्रयोग गर्ने गरेको थियो । त्यसै गरि गृह मन्त्रालयबाट महराले अर्को एउटा गाडी औपचारिक कार्यक्रममा जानका लागि प्रयोग गरिरहेका थिए ।

बाँकी रहेका दुईवटा गाडी पनि आज फिर्ता आउने जानकारी आएको संसद सचिवालयले जनाएको छ ।

महराका प्रेस संयोजक डिल्ली मल्लका अनुसार सभामुखको सुरक्षाका लागि रहेका सेना र प्रहरी समेत फिर्ता गरिएको छ । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षको नेतृत्वमा ११ जना प्रहरी खटाइएको थियो ।

संसद सचिवालयकै एक कर्मचारी रोशनी शाहीले महराले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी थिइन् ।

चर्को आलोचना र सत्तारुढ दल नेकपालेसमेत पदबाट राजीनामा दिन महरालाई सुझाव दिएपछि सभामुख पदबाट उनले राजीनामा दिएका थिए । तर महराले सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।