काठमाडौं । नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक आज बस्दैछ। बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ११ बजे बस्ने तय भएको छ।
प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
बैठकमा नेपाली कांग्रेससहित नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू सहभागी हुने बताइएको छ।
पछिल्लो राजनीतिक अवस्था, प्रतिपक्षी दलबीचको सहकार्य तथा संसद्मा आगामी रणनीतिबारे बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।