बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ओली र प्रचण्डको निष्कर्ष: सभामुखले तत्कालका पदबाट राजीनामा दिन उपयुक्त

मंगलबार, असोज १४ २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पचण्डले यौन दुव्र्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले तत्कालका लागि पदबाट राजीनामा दिन उपयुक्त हुने निष्कर्षमा पुगेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलपछि दुई नेता सभामुखले राजीनामा दिनुपर्ने निष्कर्षमा पुगेका हुन् ।

यद्यपि, सभामुख महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे छलफल गर्न दुई अध्यक्षले सचिवालय सदस्यको आकस्मिक बैठक समेत आह्वान गरेका छन् ।

अहिले केही बेरैमै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी सचिवालय बैठक शुरु हुने बालुवाटार स्रोतले जनाएको छ ।

‘दुवै अध्यक्ष अहिलेका लागि सभामुखले पदबाट राजीनामा दिनुपर्छ भन्ने निष्कर्षमा पुग्नुभएको छ । राजीनामा दिन लगाउनेबारे निर्णय गर्न सचिवालय बैठक बोलाइएको छ,’ प्रधानमन्त्री ओलीनिकट स्रोतले खबरहबसँग भन्यो, ‘सचिवालय बैठकले सभामुखलाई पदबाट राजीनामा दिन लगाउने निर्णय गर्न सक्छ ।’