काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ कायम भएको छ।
मङ्गलबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। सो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ थियो।
यससँगै एकैदिन सुनको मूल्य ८ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य १८५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ।