बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको २८ सदस्यीय प्रारम्भिक टोली घोषणा

बुधबार, भाद्र १० २०८३

काठमाडौँ । आगामी यू–१९ एसिया कप र आउँदो वर्ष आयोजना हुने आईसीसी यू–१९ महिला विश्वकपका लागि नेपालको २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोनी पाख्रिनको कप्तानीमा पहिलो चरणको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरेको हो। क्यानले प्रशिक्षणपछि दुवै प्रतियोगिताका लागि अन्तिम टोली घोषणा गर्ने जनाएको छ।

प्रारम्भिक टोलीमा कप्तान सोनी पाख्रिनसहित प्रथा श्रेष्ठ, रचना चौधरी, चन्द्रमाया बराल, कुसुम गोदार, रञ्जना साउद, ज्योत्सिका मरासिनी, तिर्सना विश्वकर्मा, रिया शर्मा, प्रिन्सा राना मगर, टीका साह, पूर्णिमा राजवंशी र अञ्जिला पाठक परेका छन्।

त्यस्तै, आशना चौधरी, सुप्रिया बुढा मगर, प्रतिमा साह, साक्षी यादव, आरती महतो, सावित्री धामी, मनीषा चौधरी, जयन्ती भण्डारी, आशिका कुमारी महरा, अन्जु पार्की, सोनाम जोशी, अनु कडायत, मनिया कुमारी उपाध्याय, साना प्रवीण र अलिसा कुमार यादवले पनि बन्द प्रशिक्षणमा स्थान बनाएका छन्।

क्यान सचिव पारस खड्काका अनुसार पहिलो चरणको प्रशिक्षणपछि खेलाडीको प्रदर्शन मूल्याङ्कन गर्दै अन्तिम टोली घोषणा गरिनेछ। प्रारम्भिक टोलीमा परेका केही खेलाडीले यसअघि नेपाली सिनियर महिला राष्ट्रिय टोलीको समेत प्रतिनिधित्व गरिसकेका छन्।