मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

प्रहरीमाथि हातपात गरेको आरोपमा राज कठायतलाई पाँच दिन थुनामा राखेर अनुसन्धान

बुधबार, भाद्र १० २०८३

काठमाडौँ । काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका जुम्ला तातोपानीका राज कठायतलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पाँच दिनको म्याद थप गरेसँगै उनीमाथि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरीका अनुसार बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा ड्युटीमा खटिएका प्रहरीले कठायतलाई आकाशे पुल प्रयोग गरेर बाटो काट्न आग्रह गरेका थिए। तर उनले प्रहरीको आग्रह अटेर गर्दै अभद्र व्यवहार तथा हातपात गरेको आरोप छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार कठायतविरुद्ध राष्ट्रसेवकलाई बाधा पुर्‍याएको तथा अभद्र व्यवहार गरेको कसुरमा अनुसन्धान भइरहेको छ।