काठमाडौं असोज, ९– बिहीबार साँझ लमजुङ र गोरखाको सिमानामा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ६ बजेर ४९ मिनेट जाँदा लमजुङ र गोरखाको सिमाना खरिबोटबाट पाँच किलोमिटर उत्तरतर्फ केन्द्रविन्दु भएको ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।
केन्द्रले उक्त भूकम्प २०७२ सालमा गएको भूकम्पको परकम्प मात्र भएको जनाएको छ । भूकम्पको धक्काबाट कुनैपनि क्षति भएको छैन ।