बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सेञ्चुरी कमर्सियल बैंकद्वारा खानेपानी फिल्टर वितरण

मंगलबार, असोज ७ २०७६

काठमाडौ, असोज ७ । सेञ्चुरी कमर्सियल बैंकको, पनौती शाखाले विद्यालयलाई खानेपानी फिल्टर   वितरण गरेको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोक जिल्ला, मेलम्ची  नगरपालिका, वडा नं १०, शिखरपुरमा रहेको श्रशीतला देवी माध्यमिक विद्यालयलाई खानेपानी फिल्टर  वितरण गरेको छ । 

खानेपानी फिल्टर पनौती शाखाका शाखा प्रबन्धक  हरिकृष्ण दाहालले ब्यवस्थापन समितिका अध्यक्ष भोलाप्रसाद आचार्य र प्रधानाध्यापक क्षेत्रप्रसाद अधिकारीलाई संयुतmरुपमा  हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रमको प्रमुख आतिथ्यता स्थानीय समाजसेवी ईश्वर दाहालले गरेका हुुन ।