बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी महिला पक्राउ

सोमबार, असोज ६ २०७६

काठमाडौं, असोज ६ । वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका(१० ठेगाना भएकी ४६ वर्षीय विमला थापालाई थापागाउँ बानेश्वरबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।  

वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ असार २६ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार थापालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

थापालाई जिल्ला अदालतमार्फत कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको उक्त व्यूरोले जनाएको छ ।