बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म

आइतबार, साउन २४ २०८३

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म आयोजना गर्ने भएको छ। क्यानका अनुसार प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ।

क्यानका सचिव पारस खड्काले शनिबार जारी गरेको विज्ञप्तिमार्फत एनपीएलको तेस्रो संस्करणको मिति सार्वजनिक गरिएको हो। यसअघिका संस्करण तिहारपछि मङ्सिरमा आयोजना हुँदै आए पनि यसपटक क्यानले दशैँ र तिहारबीचको समयलाई प्रतियोगिताका लागि रोजेको छ।

प्रतियोगिताको विस्तृत खेल तालिका भने सार्वजनिक हुन बाँकी छ। क्यान स्रोतका अनुसार तिहारका दुई दिनबाहेक अन्य दिनमा नियमित रूपमा खेल सञ्चालन गर्ने तयारी भइरहेको छ।

एनपीएलका लागि खेलाडीको लिलामी (अक्सन) प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ। अहिले सहभागी टोलीहरू विदेशी खेलाडी अनुबन्ध गर्ने तयारीमा जुटेका छन्।