नेपालमा नयाँ संविधान जारी भएको चार वर्ष पुगेको छ। अहिले तीव्र कार्यान्वयनको चरणमा रहेको भनिएको भए पनि केही पक्षले यो संविधानको आलोचना गर्ने गरेका छन्।
संविधानले गणतन्त्र धर्मनिरपेक्षता र सङ्घीयताजस्ता विषय अङ्गीकार गरेकोमा असन्तुष्टि व्यक्त गर्दै त्यसको विरोध गर्नेहरू पनि छन्।
तराईकेन्द्रित कतिपय पक्षले संविधान दिवसलाई ुकालो दिनु पनि भन्दै आएका छन्।
सत्ताधारी दल नेकपाका नेता एवं संसद्को कानुन तथा न्याय समितिका सभापति कृष्णभक्त पोखरेल र संविधानको आलोचना गर्दै आएको राष्ट्रिय जनता पार्टी राजपा नेपालको अध्यक्षमण्डलका सदस्य महिन्द्र राय यादवसँग कुराकानी गरेर संजय ढकाल र सृजना श्रेष्ठले यो सामग्री तयार पारेका छन्। BBC