काठमाडौं, असोज २ । काठमाडौं महानगरपालिका ३१ सचेतना मार्ग डेरा गरी बस्ने रामेछाप घर भएका ३९ वर्षीय देव कुमारबस्नेतको कोठामा जुवातास खेलिरहेको अवस्थामा देव कुमार बस्नेत लगायत १० जनालाई नगद १ लाख २३ हजार ८ सय ३५ रुपैयाँ र १४ बुक ताससहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।