मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ, स्रोत नखुलेको भारतीय रकमसहित दुई जना पनि नियन्त्रणमा

सोमबार, साउन १८ २०८३

काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–३ का अन्जन भट्ट रहेका छन् । चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका भट्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कागेश्वरी मनोहराबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका भट्टलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका–२ बाट स्रोत नखुलेको दुई लाख नौ हजार पाँच सय भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङका दिपेश हिमडुङ र तिलक हिमडुङ रहेका छन् । इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले मोटरसाइकलमा सवार उनीहरूलाई उक्त रकमसहित फेला पारी नियन्त्रणमा लिएको हो ।

स्रोत नखुलेको भारतीय रकमसम्बन्धी घटनामा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।