बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सवारी दुर्घटनामा परी दुुई जनाको मृत्यु

बुधबार, असोज १ २०७६

काठमाडौं, असोज १ । काठमाडौं र कालिकोटका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पारी २ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका १५ बनस्थली अन्नपूर्णा चोकस्थित सडकमा बा.३ ख १८३३ नम्बरको बसले बा.९८ प २७१५ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौं महानगरपालिका १६ देवनगर घर भएका २० वर्षीय सम्मान भट्टराईको साईबाबा अस्पताल ढुंगेधारामा उपचारको क्रममा मृत्यु भएको छ ।

दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कालिकोटको तिलागुफा नगरपालिका १ नाग्म बजारस्थित सडकमा यात्रु चढाउन रोकी राखेको ना.३ ख ७६६४ नम्बरको बस अचानक अगाडि बढ्न गई मंगलबार दिउँसो दुर्घटना हुँदा बसले च्यापियर जुम्ला सिजा गाउँपालिका १ बस्ने ३१ वर्षीय नन्द बहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य ५ जनालाई उपचारको लागि जिल्ला अस्पताल जुम्लातर्फ लगिएको छ ।  बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।