बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अमेरिकाले इराकमा ३६ हजार किलोको बम खसाल्यो

बुधबार, असोज १ २०७६

एजेन्सी । अमेरिकाले इराकमा ३६ हजार किलोको बम खसालेको छ। इराकको तिगुड नदी नजिकै रहेको टापुमा अमेरिकाले सो बम खसालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी अत्याधुनिक लडाकु विमान एफ–३५ र एफ–१५ बाट मंगलबार सो बम खसालिएको जनाइएको छ। इराकी सेना र अमेरिकी सेनाले आतंकवादी संगठन आईएसआई विरुद्ध जारी राखेको सँयुक्त अप्रेशनअनुसार सो बम खसालिएको जनाइएको छ।

आईएसआईको गढ मानिएको टापुमा अमेरिकाले सो कारबाही गरेको छ। आईएसआईको एक ठूलो क्याम्पलाई ध्वस्त बनाउन सो बम खसालिएको जनाइए पनि भएको क्षतिबारे भने केही उल्लेख गरिएको छैन।