बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अब, नेपाल मेडिसिटी अस्पतालमा बिना शल्यक्रिया पाठेघरको ट्युमरको उपचार

शुक्रबार, भाद्र २७ २०७६

ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्टहरुले नेपालमै पहिलो पटक पाठेघरमा भएको फाइबरलाई युटेराइन आर्टरीको इम्बोलाइजेसन गरी उपचार गरेका छन् ।  

पाठेघरलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी फाइबरलाई निष्क्रिय पार्ने यो पद्वतिलाई युटेराइन आर्टरी इम्बोलाइजेसन भनिन्छ ।

उपचारमा संलग्न चिकित्सकहरु मध्येका एक डा ओम बिजु पन्तले यस किसिमको अभ्यास नेपालमा यसअघि नभएको र पहिलो पटक सफल भएको बताए ।

सफल इम्बोलाइजेसन प्रक्रियामा नेपाल मेडिसिटी अस्पतालको रेडियोलोजी विभाग प्रमुख डा राम कुमार घिमिरे, इन्टरभेन्सनल रेडियोलोजिष्ट डा ओम बिजु पन्त, एनेस्थेसियोलोजिष्ट डा प्रज्वल भट्टराई र डा हेमन्त अधिकारी संलग्न थिए । 

साधारणतया शल्यक्रिया गरी पाठेघर फाल्ने या ट्युमर फाल्ने भए पनि इम्बोलाइजेसनले ट्युमरमा रक्तसञ्चार बन्द गराइ ट्युमरलाई घटाउँदै लैजाने काम गर्ने चिकित्सकहरुले बताए ।

यो प्रक्रिया ३७ वर्षिय महिलामा गरिएको हो जसमा बहुसंख्यामा ट्युमर देखिएको  थियो