बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रौतहटमा युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाए

बुधबार, असार ३१ २०८३

रौतहट। रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन्।

मंगलबार राति करिब १ बजे २८ वर्षीय गौतम कुमार सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। आगलागीबाट उनको घाँटीदेखि तलसम्म करिब ३१.५ प्रतिशत शरीर जलेको छ।

घाइते सहनीलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचारका लागि लगिएको थियो। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल, काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।