शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

चितवन मेडिकल कलेजमा प्रहरीद्धारा विद्यार्थीमाथि लाठीचार्ज, विप्लवका छोरा प्रकाश चन्द पनि पक्राउ

बुधबार, भाद्र २५ २०७६

चितवन । भरतपुरको चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार विहान झडप भएको छ । अस्पतालभित्र प्रवेश गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि झडप भएको हो ।

अस्पतालको सेवा प्रवाहमा नै अवरोध खडा गर्न खोजेपछि रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले लाठीचार्ज गरेको थियो । झडपमा केही विद्यार्थीहरु घाइतेसमेत भएका छन् ।

विद्यार्थीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । प्रहरीले आन्दोलनकारी १६ जना विद्यार्थीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरकारद्धारा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द का छोरा प्रकाश चन्दसमेत छन् ।

उनकै अगुवाइमा यहाँ आन्दोलन हुँदै आएको छ । चितवन मेडिकल कलेजमा विभिन्न तहमा मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरु विभिन्न माग राखी विगत दुई सातादेखि आन्दोलनमा छन् ।

उनीहरुले कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको, सेवा सुविधा नदिएको जस्ता आरोप कलेज प्रशासनमाथि लगाएका छन् ।