काठमाडौ, भदौ २४ । मेटलाईफ नेपालले आप्mना बीमितहरुका लागि पुनर्जागरण अभियान सञ्चालन गरेको जानकारी गराएको छ । यस अभियानसँगै कम्पनीले व्यतित बीमालेखहरुको बक्यौता बीमाशु्ल्कमा लाग्ने विलम्ब शु्ल्कमा ५० प्रतिसतदेखि १०० प्रतिसतसम्म छुट प्रदान गरेको छ ।
सो अवधिभर बीमितहरुले आफनो व्यतित जीवन बीमा लेखहरुलाई पुनर्जागरण गर्दा विलम्ब शु्ल्कमा ५० प्रतिसतदेखि १०० प्रतिसतसम्म छुट प्राप्त गरी जीवन बीमालाई निरन्तरता दिन सक्दछन् । व्यतित अवधि ५ वर्षभित्रका व्यतित बीमा लेखहरुको हकमा कुनै पनि विलम्ब शुल्क लाग्ने छैन ।
व्यतित अवधि ५ वर्षभन्दा बढी भएको व्यतित बीमालेखमा विलम्ब शुल्कमा ५० प्रतिसत छुट हुनेछ । कम्पनीका अनुसार तिन किस्ते भुक्तानी, इण्डोमेन्ट, शिक्षा संरक्षण र सुभविष्य बीमा आजिवन आय बीमा लगायतका योजनाहरुमा छुुट सम्वन्धी व्यवस्था लागुु हुुने छ ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भने “यो अभियान मेटलाईफको ग्राहकलाई व्यतित बीमालेख पुर्नजागरण गरीआफनोर आफनो परिवारलार्ई सुरक्षित राख्न सहयोग गर्नेछ। यसका साथै हामीले पुर्नजागरण प्रक्रियालाई सरलीकृत पनि गरेको छ । ” यो अभियान यही भदौ २४ गतेदेखि चालू भएर सिमित अवधिको लागि हुनेछ ।