काठमाडौं ।नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘ऋणपत्र २०८४ (ङ)’ जारी गर्न बोलकबोल आह्वान गरेको छ।
मंगलबार सार्वजनिक गरिएको सूचनाअनुसार इच्छुक सहभागीले अनलाइन प्रणालीमार्फत ऋणपत्रका लागि बोलकबोल गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्।
बोलकबोल गर्ने संस्थाले आफूले खरिद गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलवपछिका चार अंकसम्म) उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले न्यूनतम ५ करोड रुपैयाँदेखि बोलकबोल गर्न सकिने जनाएको छ। अधिकतम भने कुल आह्वान गरिएको २५ अर्ब रुपैयाँसम्म, पाँच करोड रुपैयाँले भाग जाने गरी बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।