बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

स्थानीय जनप्रतिनिधिको मुख्य काम विदेश भ्रमण

मंगलबार, भाद्र २४ २०७६

काठमाडौं भदौ, २४– विराटनगर महानगरपालिकाले प्रमुख भीम पराजुली र प्रमुख कार्यकारी अधिकृत एकदेव अधिकारी जापानमा विपद् व्यवस्थापन कार्यक्रममा भाग लिनेसम्बन्धी प्रस्ताव अनुमोदन गरिदिन भदौ ३ मा पठाएको पत्र मन्त्रिपरिषद्मा अझै विचाराधीन छ तर पराजुली र अधिकारी जापान उडिसेका छन् । 

फिनल्यान्डको हेलसिन्कीमा भदौं १६–१८ मा आयोजित पर्यटनसम्बन्धी कार्यक्रममा भाग लिन काठमाडौँ महानगरपालिकाले प्रमुख विद्यासुन्दर साक्य र उपमेयर हरिप्रभा खड्कीको नाम अनुमोदनका लागि पठाएको पत्र संघीय मामालिा  तथा सामान्यप्रशासनमन्त्री लालबाबु पण्डितले अस्वीकृत गरिदिए  तर शाक्य र खड्की फिनल्याण्ड प्रस्थान गरे । 

विराटनगर र काठमाडौँका  जनप्रतिनिधिझैं संघीय सरकारको स्वीकृतिबिनै विदेश भ्रमणमा जानेहरु अरु थुप्रै छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।