कास्की, भदौ २३ । पोखरा महानगरपालिका ११ रानीपौवा बस्ने ५२ वर्षीय अर्जुन केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा अर्जुन केसी लगायत ७ जनालाई नगद ३६ हजार १५ रुपैयाँ र ३ बुक तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।