बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नवलपरासीको सुस्तामा कामना सेवाकोे ९९ औं शाखा

सोमबार, भाद्र २३ २०७६

काठमाडौ, भदौ २३ । कामना सेवा विकास बैंक लिमिटेडले बैकिङ्ग पहुच नपुगेका ग्रामिण क्षेत्रहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै जाने उदेश्य अनुरुप नवलपरासीमा रहेको सुस्ता गाउँपालिका वडा नं. ०१ स्थित बरmवामा यही भदौ २२ गते आफ्नो ९९ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

कारोबार शुभारम्भ समारोहमा सुस्तागाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरmनी , वडा अध्यक्ष अशोक कुमार चौधरी, बैंकका नायब महाप्रबन्धक हरि प्रसाद लम्साल लगायत स्थानीयवासीहरmको उपस्थिति रहेको थियो ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्पmत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९९ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गदै आएको छ ।

साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ, सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दे जाने बैंकको योजना रहेको छ ।