बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ

आइतबार, भाद्र २२ २०७६

सखुवानान्कारकट्टी गाउँपालिका ५ बाट भगवानपुर गाउँपालिका ४ बस्ने ४० वर्षीय ओम प्रकाश साहलाई स्रोत नखुलेको भारतीय रुपैयाँ २ लाख सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय महेशवारीको प्रहरीले ठाडीबाट लहानतर्फ आउँदै गरेको बिआर ३२ क्यू ४०३१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी साहलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।