बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ

आइतबार, भाद्र २२ २०७६

काठमाडौं, भदौ २२ । चन्द्रागिरी नगरपालिका ११ गुर्जुधाराबाट लागूऔषध चरेश सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका चन्द्रागिरी नगरपालिका १२ मुखियागाउँ घर भएका २६ वर्षीय विक्की रोक्कालाई लागूऔषध चरेश २५ ग्राम र धादिङ किरानचोक घर भएकी ३८ वर्षीया राममाया तामाङलाई लागूऔषध चरेश ४० ग्राम सहित प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट बारा जितपुर सिमरा उपमहानगरपालिका १७ बस्ने ३० वर्षीय रमेश चौधरीलाई लागूऔषध नुर्फिन १७ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन १७ एम्पुल र खैरो हेरोइन १ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको लु.४८ प ५२६७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागूऔषध नियन्त्रण ब्यूरो पर्साबाट खटिएको प्रहरीले चौधरीलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको  हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।