विराटनगर । कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने तय भएको बैठक स्थगित गर्दै नयाँ मिति तोकिएको छ।
प्रदेशसभा सचिव सुदर्शन खड्काका अनुसार प्रदेश सरकारको अनुरोधमा बैठकको समय परिवर्तन गरिएको हो।
कोशी प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत १६औँ बैठक असार ११ र १६ गते लगातार निर्धारित समयमा बस्न नसकेपछि प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठक असार १८ गते दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरेका छन्।