बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

तुँदी पावर र कुमारी क्यापिटलबिच सम्झौंता

मंगलबार, असार १६ २०८३

तुँदि पावर कम्पनी लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबिच सम्झौता भएको छ । यि दुबै कम्पनीबिच प्रति शेयर एक सय रूपैयाँ अंकित दरको एक अर्ब रुपैंयाँ बराबरको एक करोड कित्ता साधारण शेयर श्रम स्विकृत प्राप्त गरि वैदेशिक रोजगारमा रहेको नेपाली नागरिक, आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दाहरु, कर्मचारी, सामूहिक लगानी कोषका योजनाहरु सहित सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि बिक्री प्रर्वन्धक सम्वन्धी सम्झौंता भएको हो ।

उक्त सम्झौता—पत्रमा तँुदी पावर कम्पनी लिमिटेडका तर्फबाट महाप्रबन्धक इन्द्र प्रसाद ढकाल तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । तुँदी पावर कम्पनी लिमिटेडले म्याग्दी जिल्लामा अवस्थित रहुगंगा नदीको पानी सदुपयोग गरि चिमखोला राहुघाट मंगले (३५.५ मे.वा.) र माथिल्लो राहुघाट (४८.५ मे.वा.) जलविद्युत आयोजनाहरु निर्माण गरी मिति २०८२/०४/२० बाट व्यवसायिक विद्युत उत्पादन गरी आयोजनाहरु सञ्चालनमा रहेको छ । यस आयोजनाहरुबाट उत्पादित विद्युत शक्ति राहुघाट जलविद्युत आयोजनाको सबस्टेशनमा जडान गरि बिक्री कार्य भईरहेको कम्पनीले जनाएको छ ।