सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड

सोमबार, असार १५ २०८३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गर्दै मुलुकलाई आत्मनिर्भरताको दिशामा अघि बढाउनुपर्ने बताएका छन्।

राष्ट्रिय धान दिवसका अवसरमा जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले धान रोपाइँ, असारे भाका र दही–चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई थप समृद्ध बनाएको उल्लेख गरेका छन्।

उनले पछिल्लो समय युवा जनशक्तिको वैदेशिक पलायन र बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै जाँदा कृषि उत्पादनमा गम्भीर असर परेको बताए।

मुख्यमन्त्री कार्कीले आधुनिक प्रविधि, कृषि यान्त्रिकीकरण र वैज्ञानिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, कोशी प्रदेश सरकारले कृषि उत्पादन, बजारीकरण, कृषिमा नवप्रवर्तन, व्यावसायिक खेती, उत्पादनमुखी योजना, प्राविधिक सहयोग तथा कृषकमैत्री कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए।