बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बजारमा सन्तोष लामाको ‘फेरी फेरी’ (भिडियोसहित)

शुक्रबार, भाद्र २० २०७६

काठमाडौं । गायक सन्तोष लामाको फेरी फेरी गीतको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ।  
डीबी मोक्तानको शब्दलाई सन्तोष आफैले सांगीतिक रुप र स्वर दिएको गीतलाई सन्तोषले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक गरेका हुन्।  

आधुनिक मार्मिक गीतको म्युजिक भिडियो अत्यन्तै मिठासपूर्ण तरिकाले निर्माण गरिएको छ।  नबिन बाबु गुरुङको निर्देशन र छायांकनमा बनेको यस म्युजिक भिडियोमा नेपाली समाजमा समेत ब्याप्त बन्दै गएको एक मर्मस्पर्शी कथालाई समेटिएको छ।  

सन्तोषलामा, रेखा लिम्बु र गौरव मोक्तानको अभिनय रहेको यस म्युजिक भिडियोलाई नविन सिंहले सम्पादन गरेको छ।