बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता

बिहिबार, भाद्र १९ २०७६

नेपाल बैंक लि.(ने.वै.लि.) र सामाजिक सुरक्षा कोष (सासुको) बीच सहकार्य सम्वन्धी सम्झौता सम्पन्न सम्पन्न भएको छ ।

सम्झौतामा सामाजिक सुरक्षा कोषमा आवध्द  भएका रोजगारदाताहरुले आफना श्रमिकको आधारभुत पारिश्रमिकको ११ प्रतिशत र आफनो तर्फबाट २० प्रतिशत गरी कुल ३१ प्रतिशत रकम नेपाल क्लियरिंग हाउस मार्फत बैकका अनलाईन विद्युतीय भुक्तानी प्रणालीमा जोडिएका सबै शाखाहरुबाट प्राप्त गरी ने.वै.लि काठमाडौ बैकिंग कार्यालयमा कोषको नाममा खोलिएको कल खातामा एकिकृत रुपमा जम्मा गर्ने तथा कोषको निर्दशनानुसार खर्च वा रकमान्तर गर्न सकिने लगायतका प्रावधान रहेका छन् । 

बैकले कोषलाई यस खातामा परिवर्तित व्याजदर अनुरुपको व्याज, खाताको विवरण अनलाईन हेर्न मिल्ने तथा इ बैकिंग एवं मोवाईल बैकिंग कारोवार गर्न मिल्ने लगायतका सुविधा कोषलाई उपलव्ध गराउने छ । 

बैक र कोष वीच हालै सम्पन्न यससम्वन्धी सम्झौतापत्रमा नेपाल बैंक लि. का तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एक संक्षिप्त कार्यक्रमका बीच हस्ताक्षर गरेका हुुन ।

यस कार्यक्रममा बैकका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण प्रसाद पौडेल र कोषका लेखा प्रमुख अनुपमा कार्की समेत उपस्थित रहेको थियो । 

नेपालको बैकिंग उद्योगमा अगुवा बैकको रुपमा रहेको र देशका अधिकांश जिल्लामा शाखा संजाल रहेको ने.वै.लि. र हालका दिनमा कारोवारलाई वृहत पार्दै लगेको कोषबीच वीच भएको यस समझदारीबाट बैक र कोष दुवैको कार्य संचालनमा प्रभावकारिता बढ्ने र कोषको समुचित परिचालन भई सबै सरोकारवाला लाभान्वित हुने अपेक्षा लिईएको छ ।