बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वामदेव गौतमका ‘राइट् हेन्ड’ पूर्वसभासद् डीबी कार्की पक्राउ

बिहिबार, भाद्र १९ २०७६

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीं)ले पूर्वसभासद् डीबी कार्कीलाई पक्राउ गरेको छ।

भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहरिएका कार्कीलाई प्रहरीले बुधबार काठमाडौँको सतुंगलबाट पक्राउ गरेको हो। कार्की वामदेव गौतम निकट नेताको रुपमा परिचित छन्।

पहिलो संविधानसभामा तत्कालीन नेकपा एमालेबाट सभासद बनेको कार्कीले प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै एक लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्कीलाई उनकै निवासबाट पक्राउ गरेको थियो। सो मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले उनलाई ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको थियो।

सो निर्णयमा चित्त नबुझेर कार्की सर्वोच्च अदालतमा गएका थिए। कार्की नेकपाको भातृ संगठन अखिल नेपाल किसान महासंघको कार्यालय सचिव हुन्।

गौतमले दुई साताअघि मात्रै महासंघको अध्यक्ष छाडेका हुन्। नेकपा सचिवालयले गौतमलाई पार्टीका उपाध्यक्ष बनाउने प्रस्ताव सर्वसम्मत परित गरेपछि उनले महासंघको अध्यक्षको जिम्मेवारी छाडेका हुन्।

पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको पहरीले जनाएको छ।