बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चार थान पेस्तोल र सुनका गहनासहित तीन जना पक्राउ

बिहिबार, भाद्र १९ २०७६

कैलाली । कैलाली प्रहरीले चार थान पेस्तोल र सुनका गहनासहित धनगढीबाट तीन जनालाई पक्राउ गरेको छ।

कैलाली प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरबाट चार थान पेस्तोल र सुनका गहनासहित तीन जनालाई पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदीप गिरीले जानकारी दिए।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना,  कमल बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारी रहेका छन्।

उनीहरूका साथबाट चार थान पेस्तोल, सुनका गहना, तमसुक र राष्ट्र बैंकका नक्कली कागजातसमेत बरामद गरिएको बताइएको छ।

सिआइबीको टोलीले थप अनुसन्धान गरिरहेकाले जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदीप गिरीले घटनाबारे अन्य जानकारी दिन नमिल्ने बताए।