बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौंको कपनमा दुई समूहबीच ग्याङफाइट, सञ्जय राईको मृत्यु

बुधबार, भाद्र १८ २०७६

काठमाडौं । कपनमा दुई समूहबीच ग्याङफाइट हुँदा एकजनाको मृत्यु भएको छ । ग्याङ फाइटमा खोटाङ घर भई कपनस्थित आदर्शनगर बस्दै आएको १८ वर्षीय सञ्जय राईको मृत्यु भएको हो । 

मङ्गलबार राती ९ बजे दुई समूहबीच ग्याङफाइट हुँदा गम्भीर घाइते भएका राईको टिचिङ अस्पतालमा उपचारको क्रममा राती ११ः२५ बजे मृत्यु भएको हो । 

राईको घाँटी र छातीमा गम्भीर चोट लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए । 

सञ्जयको हत्यामा संलग्न संखुवासभाका ३१ वर्षीय प्रेम राई र इलामका २६ वर्षीय सुसान राईलाई प्रहरीले बुधवार बिहान बौद्धको सिस्टाटारबाट पक्रेको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।