बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपाल रिको निमित्त प्रमुख कार्यकारीमा दामोदर भण्डारी

बुधबार, असार ३ २०८३

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दामोदर भण्डारी नियुक्त भएका छन् । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी हाल कम्पनीको ११ औं तहमा सहायक प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । उनलाई आजकै मितिदेखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी दिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेसँगै निलम्बनमा परेका छन् । निलम्बनमा परेका कारण सहायक सीईओलाई निमित्त सीईओको जिम्मेवारी दिइएको कम्पनीले जानकारी दिएको छ ।