काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रविणरमण पराजुली पुनः नियुक्त भएका छन्।
कम्पनीको सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकले पराजुलीलाई थप चार वर्षका लागि करारमा पुनर्नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।
नेपाल लाइफमा पहिलो चारवर्षे कार्यकाल सफलतापूर्वक पूरा गरेका पराजुली दोस्रो कार्यकालका लागि नियुक्त भएका हुन्। लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय पराजुली अनुभवी तथा व्यवसायिक नेतृत्व क्षमता भएका सीईओका रूपमा परिचित छन्।
उनको नेतृत्वमा कम्पनीले व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताइन्छ ।
पुनर्नियुक्तिसँगै आगामी चार वर्ष पराजुलीले कम्पनीको नेतृत्व सम्हाल्नेछन्।